बयान दिदा यस्तो भने:बच्चाले अन्कल मलाइ छोड्दिनुस भनेर बिन्ति गर्दा पनि छोडिन महिले पुराभिडियो हेर्नुहोस
बयान दिदा यस्तो भने:बच्चाले अन्कल मलाइ छोड्दिनुस भनेर बिन्ति गर्दा पनि छोडिन महिले पुराभिडियो हेर्नुहोस
संखुवासभा ।
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ । घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।
ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए ।प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए ।
अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।
अनु सन्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन















