टिकटकमा भाइरल म्यादी प्रहरीको पोसाक लगाएर भिडियो बनाउने नवराज प-क्राउ (भिडियो सहित)

0
2

पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अप रा ध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी प क्राउ परेका छन्।

सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए। उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अ भद्र व्यवहार गरेको कसुरमा मु द्द चलाइने छ। ‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं। अ भद्र व्यवहार कसुरमा मु द्दा चलाउने तयारी छ,’ एसपी कार्कीले भने। केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो।

भिडियोमा ती युवकले भनेका थिए , ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड ।

कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here