विद्रोहीले गरेको आ’क्र’मणमा परि एक नेपाली सेनाको मृ’त्यु

0
2

काठमाडौँ ।

कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आ’क्र’मणमा परि एक नेपाली सेनाको मृत्यु भएको छ ।

अपरेसन ‘बाली’का क्रममा ‘कर्डन एन्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि वि’द्रो’हीले गो’ली चलाएका थिए । त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

मृतक नेपाली सेनाको परिचय हालसम्म खुल्न नसकेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले एक बिज्ञप्ति जारी गर्दै एक नेपाली सेनाको अ’क्र’मणमा परि मृत्यु भएको तर उनको परीचय खुल्न नसकेको जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँ स्थिति राष्ट्र सङ्घको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको ह म लाको नि न्दा ग रे को छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् । महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

शान्ति सैनिकहरूमाथि आ’क्र’मण यु’द्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here