सासुको ह”त्या गरेको आ’रोपमा पश्चिम दाङमा बुहारी प”क्राउ परेकी छिन् । प”क्राउ पर्नेमा बबई गाउँपालिका–७ रावततारा निबासी २२ बर्षकी जमुना कवँर रहेको ईलाका प्र”हरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । जमुनाले हसियाँ र च”क्कु प्र”हार गरी ६५ बर्षकी सासु गंगी कवँरको ह”त्या गरेकी थिइन् । मंगलबार दिउँसो २ बजे शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा मृत फेला परेकी गंगीको ह”त्या भएको निकर्षमा प्र’हरी पुगेपछि बुहारीलाई सोधपुछका लागि सोही दिन साँझ नियन्त्रणमा लिएको थियो ।
बुहारीले आफुले नै ह”त्या गरेको स्वीकार गरेकी थिइन् । रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका श्रीमानले तुलसीपुर बजारमा कोठा भाडमा बस्दै आएकी श्रीमतीलाई घरमा गएर बुवाआमासंग बस्नुपर्ने भनेपछि सासु–बुहारी बिच मन’मुटाव बढ्दै गएको थियो । सासु एकघन्टा अघि खेतमा मसुरो काट्न गइन । त्यसको आधा घन्टापछि तरकारी काट्ने चु”क्क लिएर गएकी बुहारीले आ”क्रमण गरेर सासुको ह”त्या गरिन् ।’ ईलाका प्र’हरी कार्यालय खिलतपुरका प्र”हरी निरीक्षक नविन चुडालीले भने।
अन्य समाचार : काठमाडौँ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आ’क्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताए ।
राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।
उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेपर्ने धारणा राखे । तर, एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गरे ।
‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला ? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’
उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको उनले टिप्पणी गरे ।














