काठमाडौं उपत्यका मात्रै एकै दिन थपिए यति धेरै काे-राेना संक्रमित (हेर्नुहाेस् विवरण सहित)

0
25

काठमाडौं उपत्यका मात्रै एकै दिन थपिए यति धेरै काे-राेना संक्रमित (हेर्नुहाेस् विवरण सहित)। बितेको २४ घण्टामा काठमाडौंमा मात्रै ९८७ जनामा को- रोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाँकेमा २७७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा को- रोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा  ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृ- त्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २५२ जना को-रोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृ- तकको संख्या ३ हजार ११७ पुगेको छ । नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here