सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वोडा नं ३ को राना टोल निवासी शोभा सिंहले छरछिमेकबाट करिब १ करोड भन्दा धेरै पैसा लिएर फरार भएकी छिन् ।श्रीमती फरार भएपछी छिमेकिले उनका श्रीमान् शैलेस सिंहको पनि मिलेमतो भएको भन्दै उनलाई घेरेका छन् ।गाउँलेको अनुसार दुवै श्रीमान् श्रीमतीको मिलेमतो रहेको र श्रीमानले आफ्नी पत्नीलाई घरबाट कतै टाढा लुकाएको आ रोप लगाउदै आएका छन् ।
शैलेसको अनुसार आफुलाई श्रीमतीले गरेको ठगीको कुनै जानकारी नभएको र मैले मिलेर पैसा खाएको प्रमाण देखाउने हो भने आफू स जाय भोग्न तयार रहेको बताए ।श्रीमान् शैलेसको अनुसार शोभाले आफ्नो जग्गापनि बेचेर हिडेको र उनले श्रीमती माथि मु द्दा दर्ता गरेकोपनि बताएका छन् । श्रीमतीले गरेको करिब १ करोड भन्दा माथिको कारोबार शैलेसलाई थाहा किन भएन भनेर प्रश्न गर्दा उनले आफू नै पीडित भएको र अन्य गाउँलेलाई पनि शोभालाई खोजेर ल्याउनुस् र कानुनी प्रक्रियामा जाउँ भन्छन् ।
आफ्नी श्रीमती हराएको बेलुकै शैलेसले ससुरालीमा खबर गर्दा ससुरालीसंग झ गडा भएको बताए ।श्रीमती शोभा फरार भएर लुक्न सक्ने आफन्तको ठेगाना दिन सक्ने तर घरमा बालबच्चा भएकाले सबै ठाउँमा पुग्न नसक्ने बताए ।
पिडक गाउँलेलाइ सोध्दा शैलेसको सतप्रतिशत मिलेमतो रहेको बताए ।पिडकको अनुसार शैलेसले श्रीमती फरार हुनुभन्दा केही दिन अगाडि ३ लाख रुपैया सहकारीबाट झिकेको,शोभाको माइतीको सम्पर्क नम्बर माग्दापनि गलत नम्बर दिएर झुक्याएको र आफ्नी श्रीमती हराएको मु द्दा हाल्न जाउ भन्दा सधै शैलेसले टार्दै आएको बताए ।
यसरी ठूलो रकम हिनामिना भएपछि पिडकहरु निकै आक्रोसित छन् र आफ्नो रकम फिर्ता पाउन संघर्ष गर्दै आएका छन् ।















