आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

0
1
आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी
आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी, शरीर लचिलो : कतै खस्ने, लड्ने जस्ता दुर्घटना र चोटपटकका कारण हाम्रो शरीर लगातार विकसित भैरहेको छ । स्नायुवैज्ञानिक डिन बर्नेटका अनुसार भविष्यमा हाम्रो शरीर धेरै लचिलो हुनेछ । यस्ता दुर्घटनाहरूबाट शरीरलाई हानी कम हुनेछ । जसरी शार्क माछाको शरीरमा कार्टिलेज भनिने कुरकुरे हड्डी लगातार बढिरहेको छ, त्यसैगरि भविष्यमा हाम्रो शरीरमा पनि यस्तै हुनेछ । हाम्रो शरीरका हड्डीहरु धेरै लचिलो तथा मजबूत हुनेछन् । साथै धेरै कार्टिलेजका कारण शरीरमा चोटपटक पनि कम लाग्नेछ ।

ठुँडजस्तै दाँत हुनेछ : शेफिल्ड विश्वविद्यालयका जिव वैज्ञानिक ग्यारेथ फ्रेजरले यस्तो विचित्र अनुमान गरेका छन् । उनका अनुसार भविष्यमा मानिसका सप्पै दाँत एकै खालका हुनेछन् र अहिलेको जस्तो फरक-फरक दाँत हुनेछैनन् । भविष्यमा मानिसको मुख पफर माछाको जस्तो चुच्चो हुनसक्दछ । हाम्रो खानपानका कारण मुखको आकारमा परिवर्तन आउनेछ र त्यो समयमा त्यस्तै चुच्चो मुख मजबूत र व्यवहारिक हुनेछ ।

मानिस हुनेछन् अग्ला : पछिल्लो १०० वर्षमा विश्वमा मानिसहरुको औसत उचाइ बढिरहेको छ र यो क्रम आगामी सय वर्षमा पनि निरन्तर हुनेछ । एक अध्ययन अनुसार अमेरिकीहरुको औसत उचाइ यसअघि ५.७ फिट रहेकोमा अहिले ५.१० फिट पुगेको छ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

यदि आगामी १०० वर्षसम्म यो क्रम चलेमा भविष्यमा सबै मानिस अहिलेका बास्केटबल खेलाडीजस्तै देखिनेछन् ।

मजबुत फोक्सो : हार्वार्ड विश्वविद्यालयका शोधकर्ता जुआन एनरिकेजका अनुसार भविष्यमा हामीलाई यस्तो फोक्सो र मांसपेशी आवश्यक पर्नेछ जसले धेर अक्सिजन तान्न सक्दछ र मानिस कम अक्सिजन भएको ठाउँमा पनि बाँच्न सक्दछ । किनकि भविष्यमा मानिस मंगल ग्रहमा पनि बस्न थाल्नेछ जहाँ अक्सिजनको चरम अभाव हुनेछ । यस्तो कठीन परिस्थितिमा बस्ने बानीले मानिसको स्वास्थ्य अब्बल हुनेछ । भविष्यमा जेनेटिक इन्जिनियरिङ मार्फत् पनि मानिसले त्यस्तो क्षमता हासिल गर्न सक्नेछ ।

औंलाहरू लामो र लचिलो बन्ने : डिन बर्नेटका अनुसार शरीरको उचाइ बढ्दा त्यसको असर शरीरका हरेक अंगमा पर्नेछ । हाम्रा औंलाहरु धेरै लामो तथा लचिलो बन्नेछन् । यसले औंलाको क्षमता पनि बढ्नेछ र मानिसको टाइपिङ गर्ने र टचस्क्रिन भएका ग्याजेट चलाउने दक्षता बढ्नेछ । साथै हामीले कुनै पनि वस्तुलाई अझै बलियो हिसाबले समाउन सक्नेछौं र धेरै खालका काम गर्नमा यसले सहजता प्रदान गर्नेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

मस्तिष्क कम्प्युटर जस्तै बन्ने :  हरेक दिन हामी नयाँ नयाँ तथा धेरै डाटाहरुसँग साक्षात्कार गर्दछौं । आगामी दिनहरुमा यो क्रम झनै बढ्नेछ । जुआन एनरिकेजका अनुसार धेरै सूचनाहरु सम्हाल्नका लागि मस्तिष्कको क्षमता पनि बढ्नेछ । मस्तिष्कले कम्प्युटरले जस्तै धेरै विश्लेषण तथा स्टोरेज गर्न सक्नेछ । स्मरणशक्ति पनि बढ्नेछ । यद्यपि यसबाट मनोवैज्ञानिक परिवर्तन पनि हुनेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

दृष्टि तथा श्रवणशक्ति बढ्ने : आगामी सय वर्षमा मानिसमा वंशाणुजन्य रोगहरु कम हुनेछन् । मानिसको श्रवणशक्ति बढ्नेछ भने दृष्टिविहीन मानिसको संख्या घट्नेछ ।

प्राविधिक क्रान्तिले गर्दा आँखा तथा कानका अपांगहरुले नयाँ जीवन पाउनेछन् । जर्मनीमा वैज्ञानिकहरुले यस्तो आँखा तयार गरिरहेका छन् जुन दृष्टिविहीनहरुका लागि बरदान सावित हुनेछ । मानिसहरु अँध्यारोमा पनि धेरै टाढासम्म प्रष्टरुपमा देख्नेछन् । मानिसले परावैजनी किरणलाई पनि देख्न सक्नेछ र धेरै प्रकारका रङको पहिचान गर्न सक्नेछ ।

एलर्जीको समस्या बढ्ने : जेनेटिक इन्जिनियरिङले फाइदा त हुनेछ, तर त्यसले क्षति पनि हुनेछ । मानिसले नयाँ नयाँ रोगहरुको पनि सामना गर्नुपर्नेछ किनकि वातावरण प्रदूषण बढिरहेको अवस्था छ । मानिसमा एलर्जीको समस्या बढ्नेछ । किटाणुहरु तथा ब्याक्टेरियाहरुको संक्रमण बढ्नेछ । हाम्रो रोग प्रतिरोधी क्षमता बढाउने चिजहरुबाट हामी टाढिनेछौं । तर त्यसबेला हामी यस्तो समाजमा हुनेछौं जहाँ शक्तिशाली रोगप्रतिरोधी क्षमताको आवश्यकता नै पर्नेछैन ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

यौन परिपक्वता : ग्लोबल ब्रेन इन्स्टिच्युटका क्रमविकास मानवशास्त्रका शोधार्थी क्याडेल लास्टका अनुसार मानिसहरु विस्तारै यौन परिपक्वता अर्थात् ‘सेक्सुअल म्याचुरिटी’ हासिल गर्नेछन् । जैविक प्रजनन सुस्त बन्नेछ । यसको मतलब बच्चा ढिलो जन्मिन्छन् भनेको होइन । वास्तवमा हामीहरु छिटो जीवन बिताएर ढिलो मर्नुको साटो धेरै वृद्ध भएर मर्नेछौं ।

मोटो बन्दै जानेछौं : ल्यासेन्ट जर्नलमा छापिएको रिपोर्ट अनुसार पछिल्लो १ सय वर्षमा विकसित देशहरुको इतिहास हेर्दा मानिसहरुमा मोटोपन बढिरहेको छ । हरेकजसो विकसित देशहरुले मोटोपना समस्याको रुपमा रहेको बताउने गरेका छन् । त्यसैले भविष्यमा यो समस्या सबैजसो देशमा बढ्नेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

मेसिनको साथ पाइने : भविष्यबेत्ता इयान पियर्सनका अनुसार हाम्रो मस्तिष्कले भविष्यमा कम्प्युटरले जस्तै काम गर्नेछ । सन् २०५० सम्ममै यस्तो परिवर्तन देख्न पाइनेछ । सन् २०७५ सम्ममा धेरै विकसित देशका मानिसहरुले मेसिन अग्मेन्टेसनको प्रयोग गर्न थाल्नेछन् । यो एक प्रकारको मस्तिष्क हो । यो शताब्दीको अन्त्यसम्ममा यसको प्रयोग अत्यधिक हुनेछ । मानिसहरुबीच प्रतस्पिर्धा पनि बढ्नेछ, खासगरी दिमागी प्रतिस्पर्धा ।

आनुवंशिक रुपमा परिवर्तित कोशिकाहरु : आगामी १०० वर्षमा मानिसहरु अर्को ग्रहमा समेत बसोबास गर्न थाल्ने वैज्ञानिकहरुको अनुमान छ । बाह्य ग्रहमा बाँच्नका लागि मानिसको शरीरमा पावरहाउस अर्थात् कोशिकाहरुलाई आनुवंशिक रुपमा परिवर्तन गर्नुपर्नेछ । मंगल ग्रहमा बस्नका लागि त्यो निकै आवश्यक छ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

वंशाणुगत रोगको अन्त्य : भविष्यमा जेनेटिक रोगहरु समाप्त हुनेछन् । सिस्टिक फाइब्रोसिस, हटिंग्टन सिन्ड्रोम आदिजस्ता रोगहरुको जेनेटिक इन्जिनियरिङको माध्यमबाट उपचार हुनेछ ।

स्मरणहरु डाउनलोड गर्न सकिने : वैज्ञानिकहरुको अनौठो दाबी के छ भने भविष्यमा तपाईं आफ्नो मस्तिष्कमा रहेका स्मरणहरुलाई पेनड्राइभ वा मेमोरी कार्डमा डाउनलोड गर्न सक्नुहुनेछ । वैज्ञानिकहरुले यो विषयमा मुसामा सफल परीक्षण गरिसकेका छन् ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

भविष्यमा हामी आफ्ना स्मरणहरुलाई अरु मानिसको मस्तिष्कमा र अरुको स्मरणहरुलाई आफ्नो मस्तिष्कमा अपलोड समेत गर्न सकिने वैज्ञानिकहरुको जिकिर छ ।

छेपारोको जस्तै छाला : मानिसको मूड परिवर्तन हुनेछ । जब मानिसको मूड परिवर्तन भएअनुसार छालाको रङ पनि फेरिनेछ, छेपारोको जस्तै । हुनत अहिलेपनि मानिसको छाला परिस्थिति अनुसार केही परिवर्तन भएकै हुन्छ । जस्तै खुसी, रिस वा लाजको बेला अनुहारको छाला गुलाबी बन्दछ । भविष्यमा मानिसको छालाको रङ परिवर्तन हुँदा त्यसले मानिसको मूड परिवर्तनको संकेत तथा मानसिक व्यवहारको जानकारी दिनेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

धेरै तापक्रम सहनसक्ने : जलवायुविज्ञ म्याथू हाबरका अनुसार विश्व उष्णकिरण बढिरहेको छ । त्यस्तैले बढ्दो तापमानसँग अनुकुलित हुनका लागि मानिसको सरीर धेरै तापक्रम सहने खालको हुनेछ । मानिसमा गर्मी क्षेत्रमा बस्ने बानी पर्नेछ । मानिसले गर्मी मौसममा आफुलाई ढाल्नेछ ।

मानिस तन्नेरी देखिने : मानिसमा बुढोपन रोक्नका लागि मानिसको उमेर उल्टाउने प्रविधिमा धेरै काम भैरहेको छ । किनकी बुढो हुनु केवल शारीरिक प्रक्रिया होइन, एउटा रोग पनि हो । भविष्यमा मानिसहरु धेरै तन्नेरी देखिनेछन् । ५०/६० वर्षको उमेरमा समेत ३०/४० वर्षजस्तै देखिनेछन् । कम रोगब्याधी, बढि सहनशक्तिका कारण त्यस्तो हुनेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

मानिस अमर हुने : अमर हुनुको अर्थ हामी कहिल्यै पनि मर्दैनौँ वा सधैभर बाँचिरहन्छोँ भन्ने होइन । प्राविधिक रुपमा मानिसलाई आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट जिवित राखिनेछ । यसमा जेनेटिक्स, बायोटेक्नोलोजी तथा आइले मिलेर काम गर्नेछन् । जेनेटिक परिवर्तनको कारण मानिसको उमेर बढ्नेछ । मानिसको उमेर अनुसारको बुढ्यौलीको गति सुस्त बन्नेछ । मानिसको रोग कम हुनेछ र स्वास्थ्य उत्कृष्ट बन्नेछ ।आगामी १०० वर्षपछि यस्तो हुनेछ मानिस, वैज्ञानिकका अनौठा २० दाबी

टेलिप्याथीसँग कुराकानी : ऋषीमुनिहरुजस्तै हामीले हाम्रो दिमागमा कुनै कुरा सोँचेर त्यसलाई कसैसँग पूराउन सक्नेछन् । त्यसलाई सिन्थेटिक टेलिप्याथी भनिन्छ । यस्तो प्रविधि भविष्यमा आउनेछ कि त्यसको माध्यमबाट तपाईंले आफ्नो दिमागमा सोचिरहेको कुरा वा सन्देशलाई कुनै अर्को व्यक्ति वा समूहसम्म पूराउन सक्नुहुनेछ । भविष्यमा सञ्चारका लागि शव्दको प्रयोगभन्दा विद्युतीय तरंगको प्रयोग धेरै हुनेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here