अमलामा पाइने भिटामिन ‘सी’ को फाईदाहरु जान्नु भयो भने तपाईंले अमला खोजी खोजी खान थाल्नुहुनेछ, सक्दो सेयर गरौं
फरक फरक किसिमका खानेकुहरुले विभिन्न स्वथ्य रहनको लागि केही शक्तिवर्धक चिजहरु दिएको हुन्छ । स्वस्थ रहन पनि एउटा मात्र खानेकुराले हुँदैन धेरै प्रकारको चाहिन्छ ।।
तर आजा भने धेरै मध्यको एक मात्र खानेकुरा अमलाको बारेमा भन्नु पर्दा हामीलाई थाह नै छ अमलाबाट भिटामिन सी पाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ भन्ने अनुसन्धानबाट पत्ता लगएको हो । अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्ने अध्ययनले जनाएको छ ।।
अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्ने हुँदा युरिक एसिड, किड्नीको समस्यालाई केही राहत मिल्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।
अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ । अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ । यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।
क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ । कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ । अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।।














