रचना रिमालले स्टेजबाट रुदै भनिन्, ‘टि’कटक चलाउँदैमा इज्जत जाँदैन, गायिका रचना रिमालले टिकटक चलाउँदैमा इज्जत नजाने बताएकी छन् ।
सोमबार कास्कीको पोखरास्थित हलनचोकमा आयोजित वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित ‘महापुरुष’को प्रचार–प्रसार कार्यक्रममा आफ्नो प्रस्तुतीपछि गायिका रिमालले यस्तो बताएकी हुन् । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा रचना भक्कानिएर राएको दृय अहिले भाइरल बनेको छ । उक्त कार्यक्रममा , कमेडियन विकास अर्यालले टि’कटक सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरे । उक्त कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य गरे ।
आफूलक्षित व्यंग्य सुनेपछि रचना स्टेजमै रोएकी हुन् । आफूलक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टि’कटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै बाहिरिएकी हुन् । त्यसपछि अर्यालले माफी मागेका थिए ।
रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढेको थियो । उक्त कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया, कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागिता थियो ।














