जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ ।
आजैमात्र सन्दिप लामिछाने प्रकरणको बिषयमा जानकारी दिदै जिल्ला अदालतका वकिल मिडियामा आएका थिए र सन्दिपलाई आज बिना हतकडी अदालत लगिएको थियो । यसैक्रममा पुन सन्दिप लामिछाने प्रकरणको बिषयमा बोल्दै सन्दिपकि अधिबक्ता सुधा रिजाल मिडियामा आएकीछिन । उनले सन्दिपलाई जबर्जस्ती फसाउन खोजीएको बताएकि छिन ।
सन्दिप लामिछाने जस्तो देशको हिरोलाई हतकडी नै लगाउनुपर्ने कुनै कारण नरहेको र उनिमाथी गरिएको अमानबिय व्यवहार अनुचित रहेको उनको दाबी छ । जाहेरी दिएकी युबतीले जन्मदर्ता अर्कै बनाएर ल्याउनु नै आफ्नो लागि ठूलो प्रमाण कहलिने उनी बताउँछिन । सन्दिपलाई थुनामा राखेर अनुसन्धान अगाडि बढाउनुभन्दा उनलाई स्वतन्त्र छोडेर नै अनुसन्धान अगाडि बढाउनु न्यायोचित हुने उनले बताईन ।
बाँकी हेर्नूस तलको भिडियोमा















