आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं । गुल्मीमा एकदमै दु:खद, डरलाग्दो एवम लाजमर्दो घटना घटेको छ ।
आफ्नै बाबुले छोरीलाई रातको समयमा करणी गर्नै लाग्दा आमाछोराले पक्रेपछी यतिबेला यो घटनाले उग्र रुप लिएको छ । सुन्दा पनि बिश्वास नै नलाग्ने आफ्नै सानी नाबालिका छोरीलाई करणीको प्रयास गर्ने कस्तो बाबू होला? आखिर केके हुँदैछ हाम्रो समाजमा आजभोली ? छोरीलाई नाङ्गै बनाएर करणी गर्ने सुरसारमा आमाछोराले बाबुलाई रङ्गेहात पक्रेका रहेछन ।
यसै घटनाको बिषयमा बोल्दै पिडित नाबालिका नानिका दाइ मिडियामा आएका छन । मध्यरातमा आफु सुतिरहेको बेला बहिनी चिच्याएको आवाज आएपछि ममिलाई उठाएर बहिनी सुतेको ठाँउमा जाँदा बाबुले ढोका फोडेर बहिनिको कोठाभित्र छिरेको उनले बताए । बहिनिलाई करणी गर्नै लाग्दा आफुले बुबालाई तानेको र बुबा त्यसपछि घरवाट फुत्तै निस्केको उनी बताउँछन ।
बाँकी हेर्नुस तलको भिडियोमा















