काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा मित्रनगरको सडक किनाराका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ ।
पटकपटक अवैध संरचना भत्काउन निर्देशन दिएपनि व्यापारीहरूले अटेर गरेपछि सोमबार महानगरले डोजर चलाएको हो ।
व्यापारीहरूले सटर अगाडि बनाएका अवैध संरचना आफैँले नहटाएपछि डोजर लगाउनुपरेको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
अवैध संरचना नभत्काई अगाडि बढ्दा व्यापारीहरूले केही समय अवरोध गरेका थिए । त्यसपछि महानगरको टोलीले उक्त गेटमासमेत डोजर लगाएको थियो । हेर्नुस –















