यस वर्षको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत करोड क्लबमा प्रवेश गरेको हो । गीत एक महिनाअघि मात्रै सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएको महिना दिनमै गीतले मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यसवर्ष सार्वजनिकमध्ये करोड क्लबमा पुग्ने एकमात्र तीजलक्षित गीत बनेको छ झमझम झम्काना ।
युट्युबमा पनि दर्शकले राम्र्रो प्रतिक्रिया दिएका छन् भने यतायतिबेला टिकटकमा पनि उक्त गीत उत्तिकै हिट रहेको छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् ।
प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य देख्न सकिन्छ ।गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज छ ।
“झम झम झुम्काना” गीत हिट भएपछि सुनिता बुढा र भागिरथ चलाउनेको टिम एकैसाथ मिडियामा , सुनिताको बिहेको मितिनै खुलाएकि छन।
भिडियो हेर्नुहोस्















