काराेबारकाे पाँचौ दिन आज (कात्तिक १७ गते) बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ४ सय रुपैयाँले घट्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बिहीबार १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















