भारी वर्षासँगै आएको हावाहुरीले भरतपुर महानगरपालिका ११ भोडमा रुख ढ’ल्दा स्कुटरमा क्ष’ति पुगेको छ । आज (सोमबार) दिउँसो ४:४० बजे भोजाड जंगलमा रुख ढ’लेर पदमपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४प८१५१ नम्बरको स्कुटर च्यापिएको हो ।
स्कुटरमा क्षति भए पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस्तै रुख ढलेर भोजाड पदमपुर सडक अवरुद्ध भएको छ । अहिले ढलेको रुख हटाएर बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै,,सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउन पनि दिने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताए । पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिए ।















