राज्यले चाहदा भने यस्तो हुने रहेछ: सुनसान अनि सन्नाटामा हराउदैछ काठमाडौ

0
85
राज्यले चाहदा भने यस्तो हुने रहेछ: सुनसान अनि सन्नाटामा हराउदैछ काठमाडौ

काठमाडौं । राज्यले चाहदा भने यस्तो हुने रहेछ: सुनसान अनि सन्नाटामा हराउदैछ काठमाडौ! राजधानी काठमाडौ समेत रहेको उपत्यकामा नि’षेधाज्ञा लगाइएको थियो । तर विगतका दिनमा हेर्दा नि’षेधाज्ञा भन्नलाई मात्र थियो । मानिसहरु त्यति नै दौडिरहेका थिए । सार्वजनिक सवारी बन्द भएपनि थोत्रा, विग्रिएका कवाडी सवारी समेत सडकमा गुडेर उस्तै जाम जस्तो देखिन्थ्यो ।

हरेकका घाँटीमा खाद्यन्न, औषधी, अस्पताल, मिडियाका सक्कली नक्कली पास लर्किएका हुन्थे । को-रोना भा’इरस (को-भिड–१९) को सं’क्रमण २० को १९ भएन । तर आजबाट भने सुनसान सन्नाटामा हराएको छ काठमाडौ । एक साताका लागि थप गर्दै अत्यन्तै कडाई गर्ने, जेल सजाय देखि जरिवानापनि बढाएपछि अहिले त्यस्ता कार्ड र पासधारी सडकमा देखिन्नन् । मंगलबार चौथो पटक नि’षेधको आदेश थप्दै प्रशासनले नि’षेधाज्ञामा कडा प्रावधानको स्मरण गरायो । यो कानूनी प्रावधान को’भिड सम्बन्धि अध्यादेशले ल्याएको हो । नि’षेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

सबै प्रकारका पास खारेज गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले उपत्यकाको नि’षेधाज्ञा थप कडाई गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको नि’षेधाज्ञा जेठ १३ गतेसम्म जारी छ । आजको बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

थपिएको नि’षेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल मात्र खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । अब एक हप्तासम्मलाई खाद्यन्न किन्न भनिएको छ । अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ ।

यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ । मृ’त्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधन मात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ । यो अवधिमा सं’क्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चार सातापछि सं’क्रमण क्रमशः घट्दै जाने सोमबार बताएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले को-भिड १९ सं’कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गरिएमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने चेतावनी दिएको छ ।

यही बेला अध्यादेशबमोजिम दिइएको आदेश पालना गर्नुपर्ने, कुनै व्यक्तिले उक्त आदेश उ’लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ सम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्ने भएकाले कार्यान्वयनमा सहयोग गरिदिन प्रशासनले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here