संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ ।यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।
रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।
यतिबेला, हरितालिका तिज नजिकिदा लोकप्रिय गायक खुमन अधिकारी
र शान्ति श्री परियारको आवाज रहेको नयाँ गीत थरी थरी भोले बजारमा आएको छ। गीतलाई रविन लामिछानेले शब्द गरेका हुन् भने लय खुमन अधिकारीको रहेको छ।
अन्जली अधिकारी अभिषेक खड्का र खुमन अधिकारीको भिडियोमा अभिनय रहेको छ भने भिडियोलाई गायत्री थापाले निर्देशन गेरेकी हुन् ।भिडियो शिव दर्शन फ्लिम्सको युटुव च्यानलवाट बजारमा आएको छ।
पुरा भिडियो हेर्नुहोस :














