पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक दोहोरी सर्जक एवम् गायक रेशम सापकोटाको नयाँ दोहोरी गित ‘गंगा जमुना’ भखर्रै सार्वजनिक भएको छ ।
सुप्रसिद्ध बाल गायक सुप्रिम मल्ल ठकुरी र चर्चित गायिका पुजा देवकोटा आवाजमा सजिएको उक्त गितमा रेशम सापकोटाको उत्कृष्ट लय शब्द सृर्जना छ । प्रेमिकल जोडीको मायाप्रेम विषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।
रेशम सापकोटाको उत्कृष्ट निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा सुप्रिम मल्ल ठकुरी संगै पुजा देवकोटाको फिचरिङ्ग रहको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सरोज शाहीले छांयाकन एवम् रोशन धिताल सम्पादन गरेका छन् । अत्यन्तै रोचक र लोभलाग्दो वनेको उक्त गितको म्युजिक भिडियो Tareli Sangeet kunj अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छोटो समयमा नै लोकप्रिय वनेको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :














