अब सम्झनामा मात्र गायिका दिलमाया सुनार , भ”क्कानिदै गाएकी थिइन् अन्तिम गीत ( भिडियो हेर्नुहोस )

0
3

लोकदोहोरी गायिका दिलमाया सुनार मृ’त भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ’त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टा’टस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् ।

त्यसमा उनले आफ्नो मृ’त्युमा कसैलाई दोष नदिनु भनेकी छन् । यस्तो छ उनले लेखेको नोट नमस्कार सबै जनामा मिठो सम्झना छ । जि’न्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ ।

कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै म’र्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ ।

जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै म’रेर बाचेछु । आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो ।

सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आ’शिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ ।

अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्ट’मार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू ।

अरसलाई पनि कसैलाई केही नगर्नू । मेरो श’व जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा म,रेको हो भनेर मन बुजाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गा’ह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन ।

उनले गायको यो अन्तिम लाइभ दोहोरी ले निकै भावुव
बनाएको छ।

https://youtu.be/DVIWAVJTrE4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here