भुपेन्द्र बडुवालको ह”त्या आरोपमा फरार एक युवा धरानबाट पक्राउ

0
2

काठमाडौ ।

यो खबरले केही समय अगाडी सामाजिक सञ्जाल निकै तातेको थियो र यो घटना अहिले पनि सेलाएको भने छैन ।

उनले न्यायको लागि सामाजिक सञ्जाल फेसबुक टिकटक निकै तातेको थियो ।

कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका १ युवक धरानबाट पक्राउ परेका छन् ।

आइतवार साँझ शाही धरानको विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० खगेन्द्रबहादुर खड्काले बताए । शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो।

पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो। हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ।

जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए। टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन। शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्।

अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। यद्यपि  कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन। यो खबरले केही समय अगाडी सामाजिक सञ्जाल निकै तातेको थियो र यो घटना अहिले पनि सेलाएको भने छैन ।

न्यायको लागि सामाजिक सञ्जाल फेसबुक टिकटक निकै तातेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here