अर्घाखाँची,
अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको ह त्या गरि आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी २७ वर्षिय श्रीमती सरु भट्टराई भुसालको ह त्या गरेका हुन् ।
उनले घाँस काट्न गएको बेला शुक्रबार जंगलमै ह त्या गरेको र प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ । प्रहरीमा उपस्थित भएर उनले घाँस काट्न जगंल गएको बेला श्रीमतीको घाँटीमा रुमालले क सेर ह त्या गरेको बताएका थिए ।
त्यसपछि उनी इलाका प्रहरी चौकी खनदहमा प्रहरी चौकीमा पुगेको थिए । प्रहरीका अनुसार ह त्यापछि उनले श्रीमतीको श वलाई स्याउलाले छोपेका थिए ।
उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन । घटना सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।















