पोखरा : पोखरा २५ हेमजाको सुइँखेतको फाँटमा बनेका घरहरु मुसलधारे वर्षापछि डुबानमा परेका छन्। नजिककै सुइँखेत खोलासमेत बस्तीमा पसेको छ।
त्यहाँका करिब ६०० घरमा भलबाढी र पानीको प्रभाव परेको पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए। गएराति साढे ११ बजेदेखि घरहरु डुबानमा पर्न थालेको तिमिल्सिनाले बताए।
उनका अनुसार मुसलधारे पानीपछि बाढी र पहिरो सुरु भएको थियो। ‘राति नै मानिसहरु आफन्तका घरतिर सर्नुभयो, कोही मन्दिरतिर जानुभयो’, उनले भने, ‘घरहरु, कृषि फर्महरुमा क्षति पुग्यो, तर अहिले विस्तारै पानी घट्दै गएको छ।’
तेस्तै: कपिलवस्तु : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ। काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।
बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो । ४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ ।














