गोरखामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ”त्यु भएको छ। सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बूको मृ”त्यु भएको हो।जिल्ला प्र”हरी कार्यालयका प्र”हरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बूलाई करेन्ट लागेको हो।
ताप्लेजुङ स्थायी घर भएका उनलाई करे’न्ट लागेपछि भुँइमा खसेका थिए। ग”म्भीर घा”इते लिम्बूको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृ”त्यु भएको प्र”हरीले जनाएको छ।
यस्तै,,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आरोप लगाइएको छ ।
उनीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको, ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायत थुप्रै आरोपहरु छन् ।
पछिल्लो समय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग उनको सम्बन्धन राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्द बोलेर गाली गरेको अडियोले बजार नै तात्यो । उक्त अडियो प्रकरणपश्चात् आलेको राजीनामा नै मागिएको थियो ।
यस्तै,,सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हाे
अमेरिकासँग सेनाले गरेको एसपीपी सम्झौताले सेनाको साखमात्र होइन देशको साख गिर्ने भन्दै चौतर्फी आवाज उठिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्री देउवालाई एसपीपी अस्वीकार गर्न भन्दै अमेरिकालाई पत्र लेख्न दबाब दिँदै आएका थिए ।
तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागी हुन ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएपछि एसपीपी प्रकरणले नयाँ तरंग फैलाएको थियो । जस्ले नेपालको राजनीति र सेनाको साख गिराएको छ ।















