प्रतिनिधिसभा भं’ग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

0
61
प्रतिनिधिसभा भं'ग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं । प्रतिनिधिसभा भं’ग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव! शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भं’ग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि बैठकले संसद भं’ग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here