तारा एयरको विमान दु”र्घटना : चालक दलसहित सबै यात्रुको श”व भेटियो

0
2

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दु”र्घटनामा परेका सबै यात्रुको श”व फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका२ को सानोस्वारे भीरमा तारा एयरको यात्रुवाहक जहाजमा सवार सबैको शव भेटिएको हो ।

फेला परेको शव मध्ये १० वटा बेनी–जोमसोम सडक खण्डअन्तर्गत कोवाङमा लगिएको छ । बाँकी शव ल्याउने क्रममा जारी रहेको र उद्धार कार्य पनि भइरहेको बताइएको छ ।

फे’ला परेका श’वहरुको पहिचान भने भएको छैन ।कोवाङ झारिएका श’वको मुचुल्का उठाउन सुरु गरिएको छ । शव उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव नभएको बताइएको छ ।

श’वको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने तयारी समेत भएको बताइएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ ।

यस्तै,सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दु”र्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

यो समितलिाई दु”र्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिए ।

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फे’ला परेको थियो । दुर्घ”टनामा विमानमा रहेका सबै २१ जनाको मृ”त्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here