काठमाडौँ महानगर`पालिकाको मेयरमा भारी मतले नि`र्वाचित भएका स्वतन्त्र उमेदवार बालेन शाह`को चर्चा सर्वत्र भइ`रहेको छ । सामाजिक संजाल बालेन`का लागी आएको बधाईले रंगिए`को छ ।
लाखौँ बधाइ`हरुको भिडमा देखिएको एउटा बधा`ईको सन्देशले भने सबैको ध्यान तान्न सफल भएको छ । बालेन`की श्रीमती सविना काफ्लेले आफ्ना श्रीमान बालेन`को नाममा दिएको शुभ`कामना र बधाई सन्देश र त्यसमा लेखिए`को शब्दको अहिले निकै चर्चा र तारि`फ भइ`रहेको छ ।
सबिनाले बालेन`लाई अब मेरो बालेन बाट हाम्रो बालेन भएका छौ भनेर शुभकामना दिएकी छिन् । घरभित्रबाट जितेर हिंडेको मानि`सको बाहिर कहिले पनि हार हुँदैन । म तिमी`लाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफ`लता हुनेछ,’ उनले लेखे`की छिन् । यहि शब्दले यतिखेर चौ`तर्फी प्रशंसा कमाइ`रहेको छ ।
‘घरभित्रबाट जितेर हिंडेको मानिस`को बाहिर कहिले पनि हार हुँदैन । म तिमी`लाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिना`को यो बधाई सन्देश`मा धेरै`जनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनु`को सन्दर्भ उल्लेख गरेका छन् ।
सविनाले आफ्नो सामा`जिक संजालमा यस्तो लेखे`कि छिन् आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलि`कति पनि खुम्चिए`को छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।
तिम्रो संय`मता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमी`ले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !घरी घरी डर पनि लाग्छ , अगा`डि विशाल भव`सागर छ , बाधा अड्चन चुनौती`हरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जन`मानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँ`हरुको माया सम्झन्छु, उहाँ`हरुको साथ सम्झन्छु,
तिम्रो दृढता सम्झ`न्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउला`न् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर अस`म्भव छैन ।तिमीलाई आफ्नो कार्य`कालमा कहीँकतै नडग`मगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नप`रोस् । पछाडि हेर्न परे पनि कृत|ज्ञताका लागि मात्र होस् । तिम्रा पाइ`ला अगाडि मात्र बढिरहुन् ,
ती अगाडि बढिरहेका पाइला`सँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।घर भित्रबाट जितेर हिँडेको मानिस`को बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थना`मा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक ब`धाई । मलाई हार्दिक बधाई । हामी सबै`लाई हार्दिक बधाई । – ओटिभी नेपाल















