काठमाडौँ | स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यो पटक स्वतन्त्र उम्मेदवारहरूको लहर आएको छ । देशको राजधानीमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् ।
यस्तै, धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ।
यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’ हेर्नुस –
https://www.youtube.com/watch?v=–niZfWH6GQ















