काठमाडौँ — झडपमा मतदान अधिकृत घा इते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घा इते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।
उनले घा इतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुं गामु ढा गरेपछि प्रहरीले ७ रा उण्ड गो ली समेत चलाएको थियो । घ टना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।
अन्य समाचार : सर्लाही । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झ डप भएपछि एक मतदानस्थल नेपाली सेनाले निय न्त्रणमा लिएको छ ।
कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक-पटक झ डप भएपछि केहीबेर अघिमात्र घ टनास्थल सेनाले निय न्त्रणमा लिएको हो ।
मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फा यर नगरे पनि ह ति या र ते र्साएपछि स्थिति तत्काल शा न्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।
कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अ वरुद्ध भएको मतदान कार्य केहीबेर पछि पुनः झ डप भएको र सेनाको टोलीले घट नास्थल निय न्त्रणमा लिएको हो ।















