कञ्चनपुरका एक युवकको दुबईमा मृ”त्यु भएको छ । रोजगारीका लागि दुबई गएका कञ्चनपुरको वेदकोट नगरपालिका ४ बगुनका २२ वर्षिया खडक साउँदको मृ”त्यु भएको हो ।
दुबईकै एक रेष्टुरेटमा काम गर्ने उनी कोठामा मृ”त भेटिएको र मृ”त्युको कारण खुल्न नसकेको वेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले बताए। ुहिजो आफ्नै कोठामा झु”ण्डिएको अवस्थामा श”व भेटिएको खबर परिवारलाई आएको छु, उनले भने । मृ”तक साउँद भिजिट भिसामा दुई महिना दुबई गएका थिए ।
अन्य अरु समाचार : काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।
उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
गत वर्ष असार १ गते नै मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पारे । उनले भने, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो । पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुन सक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।”















