कस्ता पु’रुष मन पराउँछन् म’हिलाहरु

0
3

म’हिलाहरू कस्ता पु’रुष मन पराउँछन् त भन्ने प्रश्न आफैंमा जटिल छ किनभने संसारमा कसैको पनि रुचि एकआपसमा ठ्याक्कै मिल्दैन ।

तापनि केही त्यस्ता साझा मापदण्ड हुन्छन् जुन धेरैलाई मन पर्ने किसिमको हुन्छ । यहाँ त्यही आधारमा महिलाहरू कस्ता पुरुषलाई रुचाउँछन् त भन्ने जिज्ञासाको उत्तर पहिल्याउने प्रयास गरिएको छ ।

कतिपय सामान्य कदकाठीका पुरुषहरू पनि महिलाका प्रिय पात्र बनिहेका हुन्छन् भने कतिपयसँग महिलाहरू दूरी बनाइराख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिएर रहन्छन् र आफूसरहका अन्य पुरुषका तुलनामा महिला साथीसँग बढी खुला रूपमा जिउँछन् ।

बुद्धिमत्तापूर्णस् म’हिलाहरू बुद्धिमान् पु’रुषसँग छिटै प्रभावित हुन्छन् किनभने उनीहरू त्यस्ता पु’रुषसँग हरेक कुराको जवाफ हुन्छ भन्ने ठान्छन् । उनीहरू त्यस्ता पु’रुषहरूबाट सकारात्मक प्र’तिक्रिया पाइने भएकाले पनि बढी मन पराउँछन् । बुद्धिमान् पु’रुषहरू घन्टौंसम्म झर्को नलाग्ने गरी रमाइला कुराकानी गर्न सक्छन्

कारणस्वरूप महिलाहरूको मन पग्लन्छ । बुद्धिमान् पुरुषहरूलाई के थाहा हुन्छ भने सम्बन्ध कायम राख्नका लागि बुद्धिमत्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले उनीहरू महिलाहरूसँगको सम्बन्धमा यस्तो खुबीको प्रयोग गर्छन् र उनीहरूकोमन जित्छन् ।

आत्मविश्वासले ओतप्रोतस् आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इष्र्या गर्छन् न त आफ्नो प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन् । उनीहरू हरहमेसा सकारात्मक सोचाइ राख्छन् । महिलाहरू यस्ता पुरुषहरूको पछि लाग्छन्

किनभने आत्मविश्वासी पुरुषहरू कहिल्यै पनि महिलालाई आफूप्रति आकषिर्त गर्नतिर लाग्दैनन्, उनीहरू केवल आफ्नो कुरा गर्छन् । अचम्म के भने महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।

कलात्मक व्य’क्तित्वले भरिएकास् कलात्मक व्यक्ति सहज हुन्छन् र उनीहरू हरेक पल जीवन्त बाँच्छन् । प्रायः उनीहरू महिलालाई प्रभाव पार्नका लागि आफ्नो कलात्मकताको प्रयोगमा रुचि राख्छन् र म’हिलाहरूलाई नै आफ्नो कलाको स्रोत मान्छन् । महिलाहरू यस्ता कलात्मक दिमाग भएका पुरुषको प्रशंसा गर्छन् भने उनीहरूको साथ रहँदा सहज महसुस गर्छन् ।

वैश्विक छवि बनाउन सफलस् जुन पु’रुषमा वैश्विक छवि वा भनौं विदेशी बोलीव्यवहारको छनक हुन्छ उनीहरूको भाषा एवं शैली पनि अलग अ’र्थात् आम मानिसको भन्दा फरक र विशेष देखिन्छ । यस्ता पुरुषहरूलाई महिलाहरू अनायास मन पराउन थाल्छन् ।

रोमान्टिक स्वभावस् रोमान्टिक पु’रुषहरू क्लासिक रोमान्समा बढी विश्वास राख्छन् । उनीहरू म’हिलाका लागि चकलेट ल्याउन, फूल दिन तथा उनीहरूका साथ क्यान्डल लाइट डिनर गर्न रुचाउँछन् । उनीहरू आफ्ना पा’र्टनरलाई आफूले दिनमा कतिपटक उनीहरूका बारेमा सोचियो, आफूलाई उनीहरूका केकस्ता व्यवहार एवं हाउभाउले लोभ्याउँछन् भन्नेजस्ता कुराकानी गर्छन् । यस्ता पुरुषलाई पनि महिलाहरू विछट्टै मन पराउँछन् ।

विन्दास स्वभाव स् म’हिलाहरू नि’र्धक्क एवं विन्दास स्वभावका पु’रुषलाई ज्यादै मन पराउँछन् । यस्ता पु’रुषहरूलाई कुनै कुरामा टेन्सन हुँदैन र अरूको टेन्सन हटाउने उपाय पनि उनीहरूसँग हुन्छ । यस्ता पुरुषहरू साहसी एवं हा’स्यचेत भएका हुन्छन् जुन कुराले म’हिलाहरूलाई असाध्यै लोभ्याउँछ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here