टिका सानु गाउन र अभिनय गर्न मात्र होइन पछिल्लो समय समाज सेवामा समेत उत्तिकै ठुलो मन।

0
2

आफ्नो कला-गलाकै कारण सबैको सर्बप्रीय बन्दै गयकि गायिका टिका सानु भन्ने बित्तिकै पछिल्लो समय सबैको रोजाईकि गायिका हुन्। लामो समय इन्द्रेणी हुदै अहिले आफ्नै विभिन्न कार्यक्रम हरुमा समेत सफलता पाउदै गयकि गायिका टिका सानु गाउन मात्र होइन अभिनय संगै समाज सेवामा समेत उनलाई त्यत्तिनै अगाडि देख्न सकिन्छ।

कहिले दुखीको लागी घर बनाइदिने अभियान त कहिले विभिन्न बिरामी, गरीब, बेसाहारा हरुको साहारा बन्ने कोशीस गरेको टिका सानुको मनलाई पछिल्लो समय आम नेपालि दर्शक श्रोताहरुले समेत उतिनै धन्य ठान्दै आयको पाउन अनि बुझ्न सकिन्छ। जसका कारण पनि टीकालाई अझै यस्ता काममा उर्जा संगै अगाडि जाने हौसला मिल्दै गयको हामीसंगकै कतिपय कुराकानी का क्रममा बताउदै आयकि छिन।

टिका सानुले संचालनमा ल्यायको आफ्नै युट्युब च्यानलमा समेत अहिले सम्म झन्डै साडे ६ लाख दशकहरु जोडिदै आयका छन् भने जहा उनले गायका धेरै गितहरु र प्रत्यक्ष दोहोरीहरु मात्र नभयर पछिल्लो समय धेरैले रुचायको टेलीफ्लिम “कथा माइलीको” समेत राख्दै आयको पाउन सकिन्छ। दोहोरी गाउन मात्र होइन टिका अभिनय गर्न समेत उत्तिनै माहिर देखीदा धेरै दर्शकहरुले टिका सानुका हरेक कार्यक्रमहरु अतिनै मन पराउदै आयको बुझ्न सकिन्छ।

यति मात्र नभयर टिकाले प्राइम टाइम टेलिभिजनका लागी अर्को कार्यक्रम “संगीत माला”मा समेत आबद्द भयको धेरैलाई अवगतनै छ होला। कहिले काही मेला महोत्सब संगै विभिन्न कार्यक्रमहरुमा समेत पुग्न भ्याउने टिकालाई दैनिक जस्तो आफ्नै कार्यक्रमहरुमा समेत ब्यस्त देखीदै गर्दा यति धेरै कामहरु गर्ने आट र उनको लगाब प्रति सबैले सम्मान गर्दै आयको समेत पाउन सकिन्छ।

अहिलेको दिन सम्म टिका सानुले गरेका हरेक कामहरुलाई तपाई हामी सबैले सम्मान गर्दै आउदा आगामी दिनमा पनि यसरीनै स-सम्मान गरीरहन पाइयोश भन्ने धेरै उनका सुभचिन्तक हरुको आशाहरु रहिरहेको समेत बुझ्न सकिन्छ।

समाज सेवाको कुरा गर्दै गर्दा टिका सानुले पछिल्लो समय बिभिन्न ठाउमा रहेका असहाय, दिन -दुखि, गरिब र बिरामि-हरुलाइ आफैले पनि सहायोग गर्ने र अरुलाइ पनि सहयोग गर्ने अपिल गर्दै जानि क्रम मा आज रोल्पा जिल्ला परिबर्तन गाउपालिका राङ्कोट निबासि ४ बर्षको बाबु दिप्सन बुढा ब्लड-क्यान्सर बाट पिडित-भयको र हाल काठमाडौं महाराजगन्ज कान्ति बाल अस्पताल मा उपचारभइ राखेको हुनाले बाबुको उपचारमा केहि सहयोग होस भनि रोल्पा जिल्ला राङ्कोट हाल अमेरिका न्युजर्सि निबासि श्री आस घर्ति मगर को पहलमा सङ्कलनका केहि रकम सामाजिक संजालमा विवरण सहित टिका सानुले उक्त रकम हस्तान्रण समेत गरेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here