संसार रु’वाउने जुम्लाकी सबिनाको इन्द्रेणी सम्मको कथा, पुरा भिडीयो सहित हेर्नुहोस।

0
3

इन्द्रेणीको नया स्टुड्यो बने संगै स्टुडियोमा कार्यक्रम हेरेर मनोरंजन लिन संगै सहयोग आदान प्रदान गर्न आयका धेरै जना स्टुडियो भित्र बसीरहेका थिय। भित्र नअटायर बाहिर समेत धेरै मान्छेको भिड देख्न सकिन्थ्यो त्यहि भिडमा एक जना १४ बर्षकी बालिकाको मन भने भत्भती पोलीरहेको थियो।

भित्र दोहोरी हुदै गर्दा धेरैले मनोरंजन लिदै दोहोरी हेरीरहने हरु सबैले त्यतिबेला एकले अर्कालाई हेर्दै सबै मनोरंजन लिन आयका होला नि भन्दै अनुमान समेत लगायका थिय होला। तर त्यहा सबै मनोरंजन लिन भने पक्कै आयका थियनन जुम्ला जिल्ला हिमा गाउ पालिका १ घर बतायाकी १४ बर्षकी सबिना अधिकारी भने आफ्नै तनाबमा मनभरी गुम्सियका पिडाहरु कसले सुनिदेला भन्दै स्टुडियो बाहिरको त्यहि भिडमा हराइरहेकी थीइन।

सविनाले हामीलाई उनको मनभित्रका दुखहरु यसरी बताईन कि बुवा बुढो भयर कानले नसुन्ने र काम समेत केहि गर्न नसक्ने रहेछन। आमालाई पनि उपचार गर्न नसकेर एक बर्ष पहिले सदाका लागी बिदाई गर्नु परेको कुरा हामीलाई रुदै-रुदै बताउदै गईन। आमा बितेपछि १४ बर्षकी सविनाको काधमा ८ बर्षका एक भाई र अर्का ४ बर्षका भाइको जिम्मेवारी थपियो।

बुवाले काम गर्न नसक्ने हुदा उनि धेरै ठाउ भौतारीदै हिडिन कामको खोजीमा तर १३ बर्षकी सानी बालिका देखेर कसैले काम दियन अनि घरमै केहि गरेर खान्छु भन्न पनि आफ्नो केहि नभयको बताईन। केहि समयपछि सविनाले सुर्खेतमा आयर गिट्टी कुटेरै भयपनी भाईहरुको भोको पेट भर्ना तिर लागीन भने उनले आमा बितेदेखी ८ क्लासमै पढाई छोड्नु परेपनि भाईहरुलाई पढाउने सपना भने अधुरै रहयो, गिट्टी कुटेको पैसाले पढाउन पुगेन।

उनले ४-५ कक्षा पढेदेखी धेरै गितहरु गाउथिन कहिले काही स्कुलमा गित गाउदा प्रथम हुने गरेको कुरा समेत बताइन, गित गाउने भयकाले उनलाई इन्द्रेणी कार्यक्रम राम्ररी थाहा थियो। त्यसैले पनि सुर्खेतमा गिट्टी कुटेको बेला उनलाई इन्द्रेणीको सम्झना आयो अनि इन्द्रेणी जान पाय सहयोग पनि पाउथे होला अनि गित गायर पैसा कमाउथे कि भन्दै उनले आशा बोकेर भाईलाई लियर काठमण्डौ आइन। काठमाण्डौ भन्ने बित्तिकै उनले सोचेजस्तो दयालु सहर भने पक्कै थियन पैसा नभई केहि गर्न नसकिने सहरमा आयको केहि दिन सम्म काम खोज्दै हिडिन तर उमेर सानै नभयकाले कसैले काम दियनन।

अनि उनि इन्द्रेणी खोज्दै खोज्दै इन्द्रेणी स्टुडियो सम्म पुगिन र कृष्ण कंडेललाई भेटिन। कृष्ण कंडेललाई भेटेर सबै मनका बेदनाहरु सुनाउन थालिन, र रुदै-रुदै देउडा गित गायर पनि सुनाईन अनि त्यहा हेर्ने जानी सबैको आखा रसायको देख्न सकिन्थ्यो सविनाको कथा सुनेर। हो आज हामी उनी सविनाको इन्द्रेणी आउदा सम्मको कथा तपाईहरु माझमा पस्किदै छौं। बाकि तलको भिडियोबाट पुरा हेर्नुहोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here