गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् ।
महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए । उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको बताए ।
बाणिज्य संघको नेतृत्वमा तम्घास बजारभित्रको बाटो कालोपत्रे गर्न अगुवाइसमेत गरेको भुसालले बताए । त्यतिबेलाको समयमा तम्घास बजार वासी व्यवसायीले आर्थिक रकम उठाएर कालोपत्रे गर्न अगुवाई गरेका थिए । हेर्नुस इन्द्रणी टिमको धमाका गुल्मीमा –
https://www.youtube.com/watch?v=xsIXV380OPM














