मुक्तिनाथको दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल! आजको पन्चाङ्ग :-
बि.सं. २०७८ साल बैशाख ३१ शुक्रबारई.सं.२०२१ मे १४ नेपाल सम्बत ११४१ पोहेलागा तृतीया, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख शुक्ल तृतीया, चन्द्रमा वृष राशिमा, कृतीका नक्षत्र सुकर्म योग कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५७ मिनेट देखि १० बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आजको राशिफल:-
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी पनि आउन सक्छन्। हुलमुल र वादविवादबाट जोगिने प्रयास गर्नुहोला। अध्ययनमा लाग्नेहरूलाई प्रगति हुनेछ। प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। तर, साेमवार र मंगलवार धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। सानाेतिनाे काममा अलमलिनुपर्ला। साथीभाइ र शुभचिन्तक टाढा हुनेछन्। बुधवारदेखि स्थिति अनुकूल बन्नाले दिगो काम प्रारम्भ हुनेछ।अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। सप्ताहान्तमा भने बोलचालमा अलि सजग रहनुहोला। मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । सुरुमा नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोत जुट्नेछन्। बीचमा अरूको धन उपयोग गरेर पनि फाइदा उठाउन सकिनेछ। तर, केही रकम बाहिरिनाले अर्थ अभाव सामना गर्नुपर्ने देखिन्छ। बिहीवार र शुक्रवार फजुल खर्च एवं ऋण–कर्जा बढ्न सक्छ। तापनि भविष्यका लागि नयाँ कामकाे जग बसाउने अवसर जुट्नेछ। प्रयत्न गर्दा अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य काम गर्दै विशिष्ट व्यक्तिसँग नजिकिने माैका छ। खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। तापनि चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउला। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा अभिरुचि जाग्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी वा दिगो व्यवसाय प्रारम्भ हुन सक्छ। सप्ताहान्तमा अर्थ अभावले समस्या पर्न सक्छ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । प्रारम्भमा केही चुनौतीसँग संघर्ष गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले अवसरबाट वञ्चित भइनेछ। अरूको स्वार्थमा समेत उपयोग हुनुपर्ला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। बुधबारदेखि स्थितिमा सुधार आउनेछ भने गुमेको स्थान पनि प्राप्त हुनेछ। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। विद्या र धनका लागि सप्ताहान्त विशेष फलदायी रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ भने काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम बन्नेछ। अप्ठ्यारो परिस्थिति सुल्झाउँदै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। सप्ताहान्तमा तारिफयोग्य काम सम्पादन हुनाले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । सुरुमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा आफ्नैले दुःख दिनेछन्। सोमबारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको अन्त्यमा स्वास्थ्य कमजोर हुनेछ र खर्च पनि बढ्नेछ। कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। बुधबारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ। कामका सन्दर्भमा यात्राको साइत पनि जुर्नेछ। सप्ताहान्त्तमा भने पारिवारिक समस्याका बीच अर्थअभावले पनि सताउने देखिन्छ। मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको उत्तरार्धमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। घर–परिवारमा समस्या देखिए पनि सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बुधवारदेखि घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा धोका पाइनेछ। विद्यार्थीलाई सप्ताहान्त उपलब्धिमूलक रहनेछ। मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । यो साता अलि संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि सोमवार र मंगलवार भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वादविवादले मानसम्मानमा आघात पुर्याउन सक्छ। तर मिहिनेतीहरूका लागि साता उत्साहजनक नै रहनेछ। बुधवारदेखि उपहार र सुविधाका वस्तुहरू जुट्नेछन्। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ। मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। भेटघाट रमाइलाे देखिए पनि स्वास्थ्यमा भने केही बाधा पर्नेछ। ठूलो भागको आशाले बनेको काम समेत दोहोर्याउनुपर्ला। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ।
राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















