काठमाडौं – मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।
सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र उपलब्ध छैनन् । बजारमा देखिएकी छैनन् ।
देखीन्छ उनले गाएको गीतको पोस्टर मात्रै र सुनिन्छ उनको कोहिलीको जस्तो सुरिलो आवाज ,आफ्नो आवाजले दर्शक मन जितेकी गुमनाम गायिका बिष्णु माझी को नयाँ गीत सार्वजनिक भएको छ। “मुटु खाने माया” बोलको गीत बिहिवार डिजिटल बजारमा सार्वजनिक भएको छ।
बिष्णु माझी र सुन्दर मणि अधिकारीको आवाजमा रहेको सो गीतमा लय शब्द पनि गायका सुन्दर मणि कै रहेको छ । सुन्दरमणिले गीतका शब्दलहर निकै सरल रूपमा उनेका छन् । उसो त उनी आफैंमा लोकदोहोरीका यस्ता स्रष्टा हुन्, जसले मौलिक, मर्मस्पर्शी गीत रचना गर्ने, संगीत भर्ने क्षमता राख्दछन् । त्यहीअनुसारको भिडियो निर्माण पनि गर्न सक्छन् ।
गत वर्षको तिजमा उनले सिर्जना गरेको बिष्णु माझीको तिज गीत ले दर्शक श्रोताले निकै नै रुचाएका थियो सो तिज गीत ले सबै तिज गीत लाई तिज गीत कस्तो हुन्छ भनेर समेत चिनाएको थियो गायिका आफ्नै कहानी मा होकि यो गीत भनेर कति दर्शक मिडियाले समेत प्रश्न गरे प्रश्न मात्रै हैन उनलाई खोज तलास पनि गरे तर कसैले गायिका माझीलाई भेटाउन सकेन् ।
भखरै सार्वजनिक भएको गीत “मुटु खाने माया” गीतमा सुन्दरमणिकै निर्देशन रहेको छ । रोचक कुरा के भने, विष्णुको तस्वीर तथा भिडियोहरू सार्वजनिक नभएको अवस्थामा विष्णुका श्रीमान भने मिडियामा नआए पनि भिडियोमा देखिइरहेका हुन्छन् ।
यस गीतको भिडियोमा पनि सुन्दरमणिले अभिनय गरेका छन् उनलाई अभिनयमा प्रिया बिस्ट ले साथ दिएकि छन् । गीतको सबै पक्ष निकै उत्कृष्ट बनेको छ।भिडियो हेर्नुहोस्















