कठै!! दुईपटक मा”र्ने आमाको डर”लाग्दो कथा, खाना नहुँदा बाँच्न धेरै गा”र्हो, हेर्नुहोस भिडियो

0
3

उदयपुर जिल्लाको लालबजार भन्ने ठाउँमा जहा एउटी आमाले पटक पटक आ’त्मह”त्या प्रयास गरेकी छिन्। आफ्ना श्रीमानलाई केही समय अगाडि प्रे”सरले हानेर प्यारा”लाइसिस हुनु भएको छ।

उनीहरू दुई जनाको परिवार मात्र रहेको छ। छोरा छोरी भने उनीहरूका रहेका छैनन्। मात्र दुईजना श्रीमान र श्रीमती। श्रीमती ले एक्लै कसरी उपचार गर्दै हुनुहुन्छ त??

त्यही उपचार गर्नको लागि गर्हो भएकै २ पटक सम्म आत्म हत्या समेत गर्न लागेको बताउँछिन्। घरमा खानेकुरा नहुँदा कति रात भोकै समेत बसेको कुरा रुँ”दै बताउँछिन्।

हेर्नुहोस भिडियो

अन्य समाचार : काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू हुने भएको छ ।

आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति जुटेका हो । अर्थमन्त्री शर्माले बोलाएको बैठकमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी थिए ।

छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए ।

बैठकमा वाणिज्य मन्त्रालयका सचिव पाण्डेले शनिबार र आइतबार बिदा दिनुपर्ने प्रस्ताव गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य निकै बढेको र दिन सार्वजनिक बिदा दिएमा पेट्रोलियम पदार्थको खपत घट्ने प्रस्ताव गरेका थिए ।

अर्थमन्त्रीले बोलाएको उच्च स्तरीय बैठकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति भएको र यसलाई अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्मा लग्ने सहमति भएको छ । ‘प्रधानमन्त्री सहमति भएमा २०७९ सालदेखि सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आउने छ,’बैठकमा सहभागी एक अधिकारीले भने ।

बैठकमा प्रधानमन्त्री देउवा निकट भनिएका राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष पौडेल समेत दुईदिन बिदामा सकारात्मक देखिएका हुँदा यो निर्णय कार्यान्वयनमा आउने सम्भावना बलियो छ । सुरुमा ३ महिना परिक्षण गरेर हेर्ने यसले सार्वजनिक सेवामा समस्या नआएमा र पेट्रोलियम पदार्थको खपत घटेको देखिएमा निर्णय लागू हुने बैठकका सहभागीले जानकारी दिए ।

‘विदेशी मुद्राको सञ्चिती जोगाउन ३ महिनालाई निर्णय परिक्षण गरेर हेनुपर्नेमा सबै सहभागीको सहमति रह्यो,प्रधानमन्त्री सहमत भएमा निर्णय कार्यान्वयन हुन्छ,’बैठका एक सहभागीले भने । विगतमा काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भने कार्यान्वयन भएको थियो । दुईदिन सार्वजनिक बिदा दिएमा कार्यालय समय भने ९ बजेदेखि सुरु हुने छ । क्लिककाठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here