बुधबार सुन्दरीजलमा टिपरको ठ’क्करबाट ज्यान गुमा’एका दुई बालिकाको श’व १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठ”क्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो । आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठ”क्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घट”नास्थलमै ज्यान गएको थियो ।
मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई कि’चे’को थियो। ग”म्भीर घा”इते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।घटनापछि आ’क्रो’शित स्थानीय र आफन्तले टिपरमा आ’गज’नी ग’रेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि श”व उठाइएको हो । सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घा”इतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो । ठ’क्क’र दि’ने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घा”इते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पी”डित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पी”डित परिवारले दुवै जनाको श”व बुझेर लगेका हुन् । दुई छोरी लाई एकै पटक गुमाऊनु पर्दा कठै त्यो आमा बुबालाई कस्तो भएको होला। हे भगवान यस्तो पिडा कसैलाई नहोस।















