नेपालमा छुट्टै नाम कमाउन सफल एउटा संजाल बनेको छ टिकटक | सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ ।
हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी कुरा गर्दै छौ टिकटक भाइरल निकिताको, उनी यतिबेला आफ्नो कला देखाएर लाखौंको मन जित्न सफल भएकी छिन् । पूरा भिडियोमा हेर्नुहोस्
https://youtu.be/ClTvritqvNo
अन्य समाचार : काठमाडौ । कपिलवस्तुका दुई शक्तिशाली नेताले एमाले प्रवेश गरेका छन् । हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री द्वय वृजेश कुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छाडेर एमाले रोजेका हुन् ।
गुप्ता प्रतिनिधिसभा सदस्य र श्रीवास्तव प्रदेशसभा सदस्य हुन् । कार्यक्रममा कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय नेकपा एमाले प्रवेश गरेका थिए।
त्यस्तै बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता(कार्यकर्ता पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ।
गुप्ताले २०७० को निर्वाचन तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट जितेका थिए । सूर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका कपिलवस्तुका घरानियाँ प्रभावशाली राजनीतिक व्यक्तिहरु रहेको एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीले जानकारी दिए ।
दुई जना पूर्वमन्त्री पनि हुन् । गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए । नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए ।














