केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्। अब हामी थुनामा राख्ने गरी भएको आदेशको उपरमा माथिल्लो निकाय जान्छौँ । यहाँको मुद्दाको प्रक्रिया अगाडि बढ्दै जान्छ । प्रमाण बुझ्ने काम हुँदै जान्छ । पल शाहलाई थुनामा राख्ने गरेको जुन आदेश हो, त्यो बदर गरी पाउँ भनेर हामी उच्च अदालत पोखरा जान्छौँ,’ उनले भने, ‘मुद्दा फैसला नभएसम्म शाह थुनामै बस्नुपर्ने हुन्छ ।’
पी’डित बालिकाको तर्फबाट अधिवक्ता तनहुँ जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता विपीनराज तिवारी, अधिवक्ता राधिका खतिवडा, एकनारायण गौतम, शिवराज काफ्ले, किशोर सापकोटालगायतले बहस गरेका थिए । शाहको पक्षबाट भने लव मैनाली, कमलामोहन वाग्ले, यदुनाथ गौतमलगायतले बहस गरेका थिए । शाहविरुद्ध ना’बालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्र”हरी कार्यालय तनहुँमा परेको थियो ।
११ फागुनमा पीडितका परिवारले शाहविरु”द्ध जब”र्जस्ती क”रणीको जाहेरी दिएका थिए । शाह प्र’हरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्र’हरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्र”हरी कार्यालयअगाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए । अभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँको आदेशपछि शाह बिहीबार जेल चलान भएका हुन् ।
अर्का प्रतिवादी कृष्णराज जोशीलाई भने अदालतले एक लाख धरौटी छाड्ने आदेश गरेको छ । जोशी पलका म्यानेजर हुन् । उनलाई घ’टनाको म”तियार मानिएको छ । उनी बिहीबारै हिरासतमुक्त भएका छन् । १५ वर्षीया बालिकामाथि क’र’णी अभियोग लागेका शाहविरु”द्ध बिहीबार जिल्ला अदालत तनहुँमा थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एक इजलासले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख’ अनुसार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।
आदेशपछि उनलाई बिहीबार नै तनहुँस्थित कारा”गार कार्यालय दमौली पठाइएको छ । जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।















