पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश

0
3

नाबालिग ब लात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थु नामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थु नामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मु द्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अदालतको आदेशबाटै पललाई जिल्ला का रागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
– रातो पाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here