नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति सँग सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो ।झापाको बुधबारे घर भएका स्मारिकाको डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने पति स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको उनले बताएका थिए।
टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको पतिले बताएका थिए।
आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका थिए। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले १८ बर्षकै उरमा विहे गरेकी थिइन्।















