देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् । तर दु”र्भाग्य त्यो हर्ष खुशी, क्षणभरमै रोदन र चि”त्कारमा परिणत भयो ।
पूर्व नवलपरासीको देवचुली नगरपालिका प्रगति नगर र लोकाह खोलको बीच सडकमा गाडी दु”र्घटना भयो । बुटवल तर्फबाट आउँदै गरेको ना ६ ख १७ २१ नम्वरको ट्रकसँग पाण्डे दम्पत्ति चढेको लु २ ख ४३१९ नम्वरको नाईटबस बस विहान करिव साढे पाँच बजेतिर एकापसमा ठो”क्कियो । चैत्त २ गते विहानको सो घ’टनामा श्रीमान पाण्डेसहित बसका सबै यात्रु सकुशल रहे तर श्रीमती मायाले सदाका लागि ज्यान गु’माइन् । जबकि उनीहरु घर पुग्न करिव २ घण्टा मात्र बाँकी थियो ।
पी’डित पाण्डे भन्छन्, ‘डाइभरकै पछाडिको सिटमा हामी बूढाबूढी बसेका थियौं । एक्कासी ट्रक बसमा ठो’क्कियो, अगाडि बसेका ड्राईभरलाई केही भएन । मलाई पनि सामान्य धक्का मात्रै लाग्यो । तर सँगै बसेकी मेरी श्रीमतीलाई ताकेरै हाने जस्तो भयो । उनी मेरो काखमा ढलिन् । भरतपुरको सिएमसी अस्पताल लगेपछि डाक्टरले मृ’त घोषणा गरे । Rato Pati
यस्तै,रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोशप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्ति’यारले आइतबार उनीहरुविरु’द्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा
अख्तियार दु’रुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नगर प्रमुख पटेल र उनका सहयोगीलाई दुई लाख पचास हजार रुपैयाँ नगद र दुई लाख पचास हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा गत फागुन १५ गते नियन्त्रणमा लिएको थियो । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको ठहरका साथ अ’ख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐन दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको माग’दाबी गर्दै मुद्दा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।















