आकाश श्रेष्ठ र एलिजा गौतमको रोमान्टिक भिडियो सार्वजनिक

0
3

काठमाडौं । चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। चर्चित गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको गीतमा शब्द, रचना भने साजन कट्टेलको र संगित सरोज पोखरेलको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडिओको छायाँकन भने उत्तम हुमागाईँले गरेका हुन् । भिडिओमा कोरियोग्राफी भने सुरेन्द्र बसेलको छ भने सम्पादन माधव बेलवासेको छ ।भिडिओ भने तुलसा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत आजै रिलिज गरिएको हो ।

https://youtu.be/TwHQaEgUR9k

अन्य समाचार : काठमाडौं / गीतको भिडियो छायांकनमा जाने क्रममा विभिन्न ठाउँमा फकाएर सम्बन्ध राखेको भन्दै नाबालिग गायिकाले उजुरी दिएपछि तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकिएको छ।

अभिनेता शाहलाई पछिल्लो समय अदालतबाट १२ दिनको म्याद थप गरेेेेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय नवलपुरले १२ दिन थपिएको म्यादअवधिमै अनुसन्धान पूरा गरेका हुन्।

प्रहरीले अनुसन्धान पूरा गरेसँगै पलविरु,द्धको मुद्दाको फाइल सरकारी वकिल कार्यालयमा पठाइएको छ। अभिनेता पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ को प्रिमियर सो को दिनमा नाबालिक गायिकाले तनहुँमा उजुरी दर्ता गराएका थिए । त्यस्तै शाह वि’रुद्ध गैडाकोटमा पनि उजुरी दिएपछि २ ठाउँमा अनुसन्धान गर्नु परेको थियो । शाहलाई गैडाकोटमा ७ दिन राखेर अनुसन्धान सकि तनहुँ लगिएको हो ।

सरकारी वकिल कार्यालय नवलपुरले पलविरु,द्धको मुद्दा बिहीबार जिल्ला अदालतमा दर्ता गर्ने तयारी गरेको छ । नाबालिक गायिकाको पक्षमा २२ जना वकिलले बहस गर्ने चर्चा समेत चलेको छ । त्यस्तै अब पल शाह र नाबालिक गायिका प्रकरण अदालतमा पेस हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here