नारायणी नदी किनारमा पुरुषको श’व फेला

0
3

चितवन । चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।

स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१० बस्ने ५५ वर्षिय ज्ञानविक्रम रानामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुधबार ३ः३० बजे उनको शव फेला परेको हो । मृत्युको कारण नखुलेको र शव हेर्दा संकस्पद देखिएको अधिकारीले बताए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

अन्य समाचार : काठमाडाैं :

बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नाे आउन लागेकाे फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् । ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपालाई भरपुर मनोरञ्जन दिनेछ’ अक्षयले भिडियोमा भनेका छन् ।

अभिनेता अक्षय टाइटल रोलमा रहेको फिल्म ‘बच्चन पाण्डे’ मा देखिएको उनको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् । एक्सन र कमेडी मिक्स फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगाएतको अभिनय रहेको छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए.वि इन्टरनेशनल प्रा.लि.ले नेपाली र हिन्दी फिल्म वितरणमा समेत सक्रियता बढाएको छ । केही समय अगाडि हिन्दी फिल्म ’मरजावा’ वितरण गर्दै हिन्दी फिल्म वितरणमा पाइला टेकेको ए.वी इन्टरनेशनल आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ नेपाल रिलिज गर्दै छ ।

‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ,’ ए.वी इन्टरनेशनलले जनाएको छ । यसै कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here