पछिल्लो समय सामाजिक संजाल टिकटक धेरै नै प्रयोग मा आएको छ। टिकटक बाट नै धेरै व्यक्ति हरुले आफ्नो प्रतिभा लाई प्रस्तुत गर्ने गर्दछन्। त्यस्तै, यसमा एक हुन दाङ घोराही कि दिलु जी यम हमाल। उनि सानो छोरा लाई बोकिबोकी काम गर्ने भएको हुनाले उनलाई टिकटक मा सबैले मन पराउने गर्दछन। १६दिनमै अनौठो बिहे भागेर जानेबेला दुलाह चिन्नै नसकेपछी टिकटकमा भाईरल दिलुको अचम्मको कहानी। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
अन्य समाचार : काठमाडौं ।
ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ ।
समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।
स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता प्रदान गर्न थालेको पालिकाहरूले जनाएका छन् ।
पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो । छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत कष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।
उहाँले भन्नुभयो, “कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ । तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।
त्यसै गरी गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपाङ्गता ‘क’ र आंशिक अपाङ्गता ‘ख’ वर्गले सङ्घीय सरकारबाटै भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई मासिक छ सय रुपियाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।















