ज’बर्जस्ती क’रणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो ।
साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी द’र्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बला’त्कार गरेको आ’रोपबारे अ”नुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुस”न्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि ब’ला’त्कार गरेको आ’रोप छ ।
‘अनु’सन्धान सकेर हामी पूर्वी नवलपरासी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँछौँ’ पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले भने–‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने भन्नेबारे सरकारी वकिल कार्यालयबाट निर्णय हुन्छ ।’
फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि प्रहरीले ‘बcलात्काcर मति यार’ को आरोcपमा हिराcसतमा राखेर अcनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीले अहिलेसम्म सो प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिकासँगै बसेका हुन् ।’ घटcना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उcजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।
https://youtu.be/CTcgklREi4M















