काठमाडौं उपत्यका मात्रै एकै दिन थपिए यति धेरै काे-राेना संक्रमित (हेर्नुहाेस् विवरण सहित)

0
129

काठमाडौं उपत्यका मात्रै एकै दिन थपिए यति धेरै काे-राेना संक्रमित (हेर्नुहाेस् विवरण सहित) । बितेको २४ घण्टामा काठमाडौंमा मात्रै ६४४ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै यस्तै हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २६ सय १९ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै १४ को मृ- त्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर को- रोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृ- तकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here