गाउले परिवेशमा बनेको हरिवंश र मिलनको ‘ए कालु भेना’ ट्रेनिङमा !!(हेर्नुस् भिडियो )

0
89

काठमाडौँ : हाँस्य कलाकार हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक भएको छ । हाँस्य कलाकार आचार्यको शब्द, संगित र स्वरमा रहेको यस गितमा मिलन नेवारले समेत स्वर दिएकी छिन् ।‘ए कालु भेना’ गीत बजारमा आएको २४ घण्टा नपुग्दै १ लाख भन्दा बढि दर्शकले हेरेका छन् । झन्डै २० घण्टा नपुग्दै गीत ट्रेनिङ मा आएको थियो ।

अहिले भने आचार्यको स्वर रहेको अर्काे गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा संगीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ ।

गीतको आकर्षक भिडियो समेत बनको छ । जसको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको अभिनय देख्न सकिन्छ ।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडिओमा प्राप्त गर्न सकिन्छ। गाउँघरको परिवेश र त्यहाँको माहोल देखाउन खोजिएको भिडियोमा कोरियोग्राफी समेत गम्भिरको छ । यो गीत मार्फत सारा नेपाली दाजुभाइले बिदेशीदा भोग्नु परेको कथा समेत देखाईएको छ भने आफ्नो परिवार र देश भन्दा ठुलो र माया अरु कसैको लाग्दैन र आफ्नै देशमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने दृश्य भिडियोमा देखाईएको छ ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट सार्वजनिक भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here