प्रत्येक बर्ष तीजमा हीट गीत निकाल्ने विष्णु माझीको चरी जेलैमा ५ दिनमा २० लाखले हेरे(भिडियो हेर्नुहोस्)

0
137

नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीतकार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।

विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भएतापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्।उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्याक्ट,पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here