असार २३ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना सं’क्रमित, यति धेरैको मृ-त्यु ! (विवरण सहित) नेपालमा लगातार तेस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ काे-राेना संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९७९ जना को-रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३३३ जना निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३५ पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा को-रोना संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार ६३ परीक्षण गर्दा ९०२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ ।
गएको २४ घण्टामा २८ जनाको को-रोनाका कारण ज्या-न गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ हजार २८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् । हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















